मकवानपुरका ठकुरीसहित दुई जना पक्राउ
काठमाडौं । मकवानपुरका सुजनसिंह ठकुरी अवैध लागूऔषधसहित पक्राउ परेका छन् । मकवानपुर घर भई नख्खु बस्ने ३० वर्षीय ठकुरी ललितपुरबाट पक्राउ परेका हुन् ।
उनलाई भैसेपाटिबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । साथै प्रहरीले ठकुरीसहित अर्का एक जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भई बल्खु बस्ने ३० वर्षीय बिन्दा तामाङ रहेका छन् ।
ललितपुर महानगरपालिका–२५ नख्खुबाट पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १९० नुर्फिन, १९० फेनारन, १९० डाइजपाम, ट्रामाडोल ६६ प्रयोग भएका तथा नभएका सिरिन्जहरू बरामद गरेको छ ।
यस्तै, उनीहरूले प्रयोग गरेको एउटा मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
