भारतीय नागरिकलाई लुटेको आरोपमा पक्राउ
काठमाडौं । नेपालमा घुम्न आएका भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर–१० घर भएका ३४ वर्षीय विकाश बस्नेत र नमोबद्ध नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव मोक्तान रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, भदौ ४ मा उनीहरूले भारतीय नागरिक सुधीर मुहरालाई ठमेलबाट ट्याक्सीमा कीर्तिपुर लगेर लुटपाट गरेको खुल्न आएको छ ।
उनीहरुलाई कीर्तिपुरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त कीर्तिपुरमा पठाइएको छ ।
