क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

तु खबर संवाददाता
२०८१ श्रावण ३१, बिहीबार १६:१४

काठमाडौं । वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१० बस्ने पर्सा वीरगंज महानगरपालिका–१३ घर भएका ५० वर्षीय महाविर प्रसाद जैशवाल (कुर्मी) रहेका छन् ।

उनलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै ३ जना बाट ५ लाख २० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।