स्कुटर दुर्घटना हुँदा किशोरको मृत्यु

तु खबर संवाददाता
२०८१ श्रावण २९, मंगलवार १६:४४
सांकेतिक तस्वीर

बुटवल । बुटवल उपमहानगरपालिका–७ दिपनगरमा स्कुटर दुर्घटनामा परेर एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मीको मदाने गाउँपालिका–६ घर भई हाल बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने १९ वर्षीय शिशिर कुँवर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दिपनगरको कमलपोखरीबाट हाटबजारतर्फ जाँदै गरेको लु.९४ प ४८०६ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएर दुर्घटना उनी गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

उक्त घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।