विपद्को घटनामा परी १५३ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ श्रावण २०, आईतवार १९:००

काठमाडौं । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्को घटनामा परी आइतबार दिउँसो सम्म १ सय ५३ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्को घटनामा  परी कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३५ जना, गण्डकी प्रदेशमा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ५३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, सो अवधिमा विपद्को घटनामा परेर १ सय ७७ जना घाइते भएका छन् भने ४७ जना बेपत्ता भएका छन् । प्रहरीले घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको र बेपत्ताको खोजीकार्य जारी रािखएको जनाएको छ ।