हेटौंडा–११ मा दुई दिने नेतृत्व विकास तालिम समापन

तु खबर संवाददाता
२०८१ श्रावण १०, बिहीबार ०८:१९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, मा दुई दिने नेतृत्व विकास तालिम समापन भएको छ । सिमलटार टोल विकासमा रहेको समूह, समुदायलाई लक्षित गरि मंगलबारबाट सुरु भएको तालिम बुधबार समापन भएको हो ।

तालिम आवासका लागि सहयोग समूह (लुमन्ती) काठमाडौं, हेटौंडा उपमहानगरपालिका एवम् फ्रेसवाटर एक्सन नेटवर्क (फ्यान्सा) साउथ एसिया, खानेपानी सरसफाइ तथा उपभोक्ता महासङ्गको संयुक्त आयोजनामा भएको हो ।

दिगो विकास लक्ष्य ६ हाँसिल गर्न दक्षिण एसियामा नागरिक संजाललाई सबलीकरण गर्दै अधिकारका लागि अघिबढौं परियोजना अन्तरगत समूह व्यवस्थापन तथा नेतृत्व सीप विकास तालिम दिइएको लुमन्तिका कार्यक्रम संयोजक उद्घव भट्टराईले जानकारी दिए ।

सिमलटार टोल विकास संस्थाका सदस्य छेगु गोलेको सभाध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा हेटौंडा–११ का वडा समन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्य, सिमलटार टोल विकास संस्थाका सदस्य जोसन योञ्जन लगायतकाको आतिथ्यता रहेको थियोे ।