यस्तो रहनेछ शनिबारको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको जनाएको छ ।
महाशाखाका अनुसार, शनिबार देशभर साधारणतया बदली रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा वर्षाको सम्भाजना रहेको छ ।
साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
