लमजुङमा पहिरो घर बगाउँदा ४ जना बेपत्ता

तु खबर संवाददाता
२०८१ असार १२, बुधबार ०९:३६
file-photo

काठमाडौं । लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् ।

जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ मा गएराति गएको पहिरोले तीन वटा घर बगाउँदा चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरीका अनुसार, आज बिहान पौने ५ बजे पहिरोले घर बगाएको खबर आएपछि सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको छ ।

उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पनि घटनास्थल हिंडिसकेको छ ।

त्यस क्षेत्रमा अहिले पानी परिरहेको छ र सञ्चार असुविधाका कारण थप विवरण नआएको प्रहरीले जनाएको छ ।