आइतबार नेप्सेमा गिरावट, ४ अर्ब ३७ करोडको कारोबार
काठमाडौं । आज साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट आएको छ ।
आइतबार नेप्से परिसूचक ५ दशमलव ३७ अङ्कले घटेर दुई हजार ६२ दशमलव ९४ को बिन्दुमा कायम भएको हो ।
आइतबार तीन सय १७ कम्पनीको ९५ लाख ६१ हजार सात सय २७ कित्ता शेयर ६१ हजार पाँच सय १३ पटक खरिद बिक्री भएको छ भने रु ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार चार सय ५८ बराबरको कारोबार भएको छ ।
आइतबार वित्त समूह ५ दशमलव ४९ र अन्य समूह ० दशमलव २५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।