बागमती प्रदेश सरकारको बजेट प्रस्तुत हुँदै

तु खबर संवाददाता
२०८१ असार १, शनिबार १८:१५

मकवानपुर । बागमती प्रदेश सभाको आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि बजेट प्रस्तुत हुँदैछ ।

प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले सरकारको तर्फबाट शनिबार बसिरहेको प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दैछन् ।

बजेट प्रस्तुतका लागि अपराह्न ४ बजे आह्वान गरिएको प्रदेश सभा बैठक २ घण्टा ढिलो गरी केहीबेर अघिबाट सुरु भएको हो ।

सरकारले शिक्षा, स्वास्थ्य, रोजगारलगायतको विषयमा प्राथमिकता दिई बजेट ल्याइने जनाइएको छ ।