वृद्ध भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएकोमा आपत्ति

तु खबर संवाददाता
२०८१ जेष्ठ ३१,बिहीबार १६:३७
file photo

काठमाडौं । सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिनका लागि लाभग्राहीलाई साउन महिना भित्रमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएकोमा सांसदहरुले आपत्ति जनाएका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले वृद्ध भत्ता लिनका लागि लाभग्राहीलाई साउन महिना भित्रमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्नुपर्ने निर्णयप्रति सांसदहरूले आपत्ति जनाएका हुन् ।

देशभरका जिल्ला प्रशासन कार्यालयमा पुग्न ज्येष्ठ नागरिक, बिरामी र अशक्त व्यक्तिहरूले खेपेको हैरानीप्रति सांसदहरूले बिहीबार गृहमन्त्री मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोलेका सांसदहरुले सो ध्यानाकर्षण गराएका हुन् ।