खानेपानी बोर्डद्वारा स्थापना दिवसमा कर्मचारी तथा संस्था सम्मान

तु खबर संवाददाता
२०८१ जेष्ठ ८,मंगलवार १८:०९

मकवानपुर । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले मंगलबार ११ औं वार्षिककोत्सव मनाएको छ । वार्षिकोत्सवको सन्दर्भमा बोर्डले आफ्नो कर्मचारी तथा विभिन्न संस्थाहरुलाई सम्मानित समेत गरेको छ ।

बोर्ड अध्यक्ष प्रताप विष्टको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सव समारोहमा बोर्डबाट प्रदान गरिने सेवा प्रवाहलाई डिजिटलाइजेशन सहयोग गरेबापत् श्यामकल श्रेष्ठ, पाइन लाइन लिकेज र बोर्डसंग सम्बन्धित अन्य सूचना प्रदान तथा सरोकारवालावीच सौहार्दपूर्ण वातावरण तयार गर्न सहयोग गरेबापत् शिबबहादुर थापा, हेटौंडा–५, भीमसेन पौडेल, हेटौंडा–६, राजु अधिकारी, हेटौंडा–७ लाई सम्मानित गरिएको थियो ।

बोर्डले वितरण गरिने खानेपानीको अधिक उपभोग गर्ने तथा नियमित महशुल रकम भुक्तानी गर्ने एभोकाडो अकिर्ड रिसोर्ट प्रालि, पुष्पा घिमिरे, हेटौंडा–४, कृष्णप्रसाद दंगाल, हेटौंडा–१६, वलभद्र राना, हेटौंडा–१८ तथा भवनाथ लामिछाने, हेटौंडा–१९ लाई सम्मानित गरेको छ ।

उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालयका कर्मचारीतर्फ अनिला सुबेदी, किशोरराज न्यौपाने, विदुर खड्का, सानुकान्छा जिम्बा, कृष्णप्रसाद वाग्ले, मोहन दोङ्ग, गोकुल रिजाल, दीपक चौलागाईं र दुर्गाबहादुर थिङ्गलाई नगदसहित सम्मानित गरिएको थियो ।

उपोभोक्ता समितिबाट बोर्डमा हस्तान्तरण भएर बोर्डअन्तर्गत् रहेर उत्कृष्ट कार्य गर्ने प्रोत्साहनस्वरुप केदारबहादुर थिङ्ग, गीता विश्वकर्मा, सानुकान्छा थिङ्ग, नुरेन्द्रराज ढकाललाई सम्मानित गरिएको थियो ।