‘सबै नीतिमा स्वास्थ्य क्षेत्रलाई कार्यान्वयनमा ल्याउन मन्त्रालय तत्पर रहन्छ’
मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले सबै नीतिमा स्वास्थ्य क्षेत्रलाई कार्यन्वयनमा ल्याउन सबै मन्त्रालय तत्पर रहने बताएका छन् ।
सोमबार सम्पन्न बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित सबै नीतिमा स्वास्थ्य निर्देशक समितीको बैठकमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
मन्त्री श्रेष्ठले स्वस्थ र निरोगी जीवनशैलीका लागि आफ्नो जिवनयापन पनि ध्यान दिनुपर्नेमा जोड दिए । स्वस्थ हुनका लागि खानपानमा ध्यान दिन जरुरी रहेको भन्दै मन्त्री श्रेष्ठले मनोसामाजिक स्वास्थ्यमा पनि ध्यान दिन अत्यावश्यक रहेको औंल्याए ।
समितिको बैठक बागमती प्रदेश सरकारका कायम मुकायम प्रमुख सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको हो ।

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको निजी सचिव लक्ष्मी कुमार, सामाजिक विकास मन्त्रालयको सचिव खुबिराम अधिकारी, भौतिक पुर्वाधार विकास मन्त्रालयको माहाशाखा प्रमुख रमेश महर्जन, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिव भरत प्रसाद बिडारी, श्रम, रोजगार तथा यातायात मन्त्रालयको सचिव पेसल कुमार, स्वास्थ्य मन्त्रालयका बद्रिबहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।
