बागमतीका सभामुख पाठकद्वारा सर्वदलीय बैठक आह्वान
मकवानपुर । बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका छन् ।
सभामुख पाठकले यही वैशाख २१ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार, बैठकमा संसदीय समितिको सभापतिको निर्वाचन, बजेट अधिवेशन लगायतका विषयमा छलफल हुनेछ ।
बैठकमा संसदमा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरुको सहभागीता रहने जनाइएको छ ।
प्रदेश सभाको बैठक यसअघि गत चैत्र १९ गते बसेको थियो । सो बैठकबाट मुख्यमन्त्री शालिकराम जम्कटेलले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका थिए ।
मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि अनिश्चितकालको लागि स्थगित भएको प्रदेश सभाको चालु १३ औँ अधिवेशन यही वैशाख १२ गते बुधबार राति १२ बजेदेखि अन्त्य गरिएको थियो ।
