गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु
काठमाडौँ । गुल्मीको मुसिकोटमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । सोही क्रममा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मुसिकोट १ नम्वर वडा तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको हो ।
आगो निभाउने क्रममा घाइते घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा घाइते भएका छन् । थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
