बागमती प्रदेश प्रमुख शर्माद्वारा शुभकामना व्यक्त

तु खबर संवाददाता
२०८० चैत्र २९, बिहीबार ०८:३४

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले ईद पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख शर्माले बिहीबार एक सन्देश जारी गर्दै इस्लाम समुदायमा मनाइँदै गरिएको ईद पर्वको शुभकामना दिएका हुन् ।

प्रदेश प्रमुख शर्माले इस्लाम धर्मका अनुयायीहरुमा सुख, शान्ति एवम् सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका हुन् ।

प्रदेश प्रमुख शर्माको शुभकामना सन्देशमा भनिएका छ, ‘ईद ऊल फित्रको यस सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली इस्लाम धर्मका अनुयायी दाजुभाई–दिदिबहिनीहरुमा सुख, शान्ति एवम् सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ईद मुवारक भन्न चाहन्छु ।’

यस्तै, उनले हाम्रो देश बहुजातीय, बहुभाषिक र बहुधार्मिक एवम् बहुसांस्कृतिक विविधतायुक्त रहेको भन्दै भौगोलिक विविधता अनुसार कला, संस्कृति र परम्पराहरु पनि बहुआयामिक भएको उल्लेख गरे ।

प्रमुख शर्माको सन्देशमा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई मतावलम्बीहरुबीच उच्चस्तरिय सहिष्णुता कायम रहेको जनाइएको छ ।