एमाले ललितपुरको अध्यक्षमा आचार्य विजयी

काठमाडौं । नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य विजयी भएका छन् ।
नवौं जिल्ला अधिवेशनबाट आचार्य अध्यक्षमा विजयी भएका हुन् ।
आफ्नो अन्य तीन प्रतिस्पर्धीलाई पराजित गर्दै आचार्य अध्यक्ष विजयी भएका हुन् ।
आचार्यले २२९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धीहरु चेतनाथ आचार्यले १५४, दिनेश कार्कीले ८१ र सुवर्ण श्रेष्ठले ९ मत प्राप्त गरेका थिए ।