आज अन्तिम दिन पनि घट्यो शेयर बजार

तु खबर संवाददाता
२०८० चैत्र २२,बिहीबार १६:५९

काठमाडौं । शेयर बजारमा ओरालो यात्रा जारी रहेको छ । आज साता कारोबारको पाँचौ दिन अर्थात शेयर कारोबारको अन्तिम पनि नेप्सेमा गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ दशमलव ७३ अकंले घटेर २००४ दशमलव ०५ बिन्दुमा बन्द भएको छ ।

यस्तै आज ३०२ कम्पनीको ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर किनबेच भएको छ भने ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

बिहिबार आठ उपसूचक राताम्य भएका छन् ।