दैलेखबाट एसईईका नक्कली परीक्षार्थी पक्राउ
सुर्खेत । दैलेखबाट एसईईका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सदरमुकाममा रहेको त्रिभुवन माविमा भाइको सट्टामा परीक्षा दिन बसेका १७ वर्षीय एक किशोर रहेका छन् ।
पक्राउ परेका किशोर महावु गाउँपालिकाको गैडाबाज मावि रानीवनको रहेको दैलेख प्रहरीले जनाएको छ ।
पक्राउ परेका ती किशोरको प्रहरीले नाम भने खुलाएको छैन ।
दैलेख प्रहरीा अनुसार, नियमित एसईई परीक्षार्थी भाइका लागि नक्कली परीक्षार्थी बनेका हुन् । उनी त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ मा अध्ययरत विद्यार्थी हुन् ।
मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेर सोधिखोजी गर्दा उनी नक्कली परीक्षार्थी रहेको खुल्ल आएको दैलेख प्रहरीले जनाएको छ ।
