२० लाख बालबालिकाले लगाए दादुरा रुबेलाविरुद्धको खोप

तु खबर संवाददाता
२०८० फाल्गुन २४, बिहीबार १५:५१
file-photo

काठमाडौं । सरकारले संचालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियान अन्तरगत हालसम्म करिब २० लाख बालबालिकाले खोप लगाएका छन् ।

यही फागुन १३ गतेदेखि संचालन भएको उक्त अभियानमा ३४ प्रतिशतले दादुरा रुबेलाविरुद्धको खोप लगाएको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।

उनका अनुसार, कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा सो संख्यामा खोप लगाइएको हो ।

दादुरा–रुबेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै संचालन गरेको उक्त अभियान आगामी चैत ७ गतेसम्म संचालन हुनेछ ।

सबै जिल्लामा एकै पटक अभियान सुरु गर्ने भनिएपनि चिसोका कारण मनाङ र मुस्ताङमा अझै खोप अभियान सुरु भएको छैन । त्यस बाहेक भूकम्पले प्रभावित भएका जिल्ला रुकुम पश्चिम र जाजरकोटमा यसअघि नै खोप लगाइसकिएको छ ।