कस्तो रहला आज दिनभरको मौसम ?

तु खबर संवाददाता
२०८० फाल्गुन १३, आईतवार ०८:५७
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले कोशी तथा मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ ।

यस्तै, आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । साथै गण्डकी, कर्णाली र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधरणतया बदली रही गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।