बेलायतको ‘सपना’ देखाएर ७६ लाख ठगी, युवक पक्राउ

तु खबर संवाददाता
२०८० फाल्गुन ११,शुक्रबार १६:२३

काठमाडौं । बेलायत पठाउने ‘सपना’ देखाएर ७६ लाख रुैयाँ ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङ्गको बडिगाड गाउँपालिका–९ घर भएका युद्ध बहादुर केसी उर्फ पाण्डप रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, काठमाडौं महानगरपालिका–२८ स्थित बागबजार बस्ने ३६ वर्षीय युद्ध बहादुरले वैदेशिक रोजगारीमा बेलायत पठाउँछु र त्यहाँ पुगेपछि ‘केयर गिभर’ मा १० लाख ५० हजार रुपैयाँ तलब आउने भनि आश्वासन दिएर तीन जनालाई ठगी गरेका थिए ।

उनले प्रतिव्यक्ति २६ लाख लाग्छ भनेर ३ जनासँग ७६ लाख लिएपछि उनी सम्पर्कविहीन भएका थिए । आरोपीलाई कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको जनाइएको छ ।