बुधबार वर्षा र हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बुधबार देशको केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै मधेस प्रदेश लगायत देशका पहाडी भू–भागका केही मेघगर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो ।
यस्तै, सुदूरपश्चिम प्रदेश ,कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाइएको छ ।
