कांग्रेस केन्द्रीय समितिको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक आगामी फागुन ३ गते बस्ने गरी आह्वान गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
पार्टी कार्यालय सानेपामा बस्ने उक्त बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको सम्बन्धमा केन्द्रीत रहेर छलफल हुने मुखयसचिव पौडेलले बताए ।
फागुन ३ गते बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको सहभागिता रहने जनाइएको छ ।
