महासमिति बैठकबारे छलफल गर्न कांग्रेस केन्द्रीय सदस्यको भेला
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकका सन्दर्भमा केन्द्रीय सदस्यहरूले आन्तरिक छलफल थालेका छन् । आइतबार अपराह्न नयाँ बानेश्वरको एक होटलमा कांग्रेस केन्द्रीय सदस्यहरू भेला भएका छन् ।
छलफलमा केन्द्रीय सदस्य गोविन्द भट्टराई, नैनसिंह महर, योगेन्द्र चौधरी, मधु आचार्य, कान्तिका सेजुवाल, अजयबाबु शिवाकोटी, उमेशजंग रायमाझी, राजन केसी, प्रतिमा गौतम, शान्ति परियार, हरिशरण नेपाली चिनकाजी श्रेष्ठ, सञ्जय गौतम, अब्दुल सतारलगायत ४० जना भन्दा बढी केन्द्रीय सदस्य सहभागी रहेका छन् ।
कांग्रेसले आगामी फागुन ७ गतेदेखि १० गतेसम्ममा महासमिति बैठक आहवान गरेको छ । २०७८ मङ्सिरमा सम्पन्न पार्टीको १४ औँ महाधिवेशनपछि कांग्रेसले पहिलो पटक महासमिति बैठक गर्न लागेको हो ।