नगद रकमसहित ६ जुवाडे पक्राउ

तु खबर संवाददाता
२०८० माघ २८,आईतवार १६:२४
फाइल फोटो

काठमाडौं । प्रहरीले चन्द्रागिरी नगरपालिका–७ इट्टाखेल बस्ने तिलक बहादुर बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोही नगरपालिका–७ बस्ने ३७ वर्षीय कृष्ण बहादुर अधिकारीसहित ६ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नगद ६६ हजार ४ सय ५० रूपैयाँ र ३ बुक तास बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।