हेटौंडाबाट दुई युवक पक्राउ

तु खबर संवाददाता
२०८० माघ २८,आईतवार १०:२२

मकवानपुर । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नम्वर १६ चिसापानीबाट लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको बकैया गाउँपालिकाका २१ वर्षीय कुशल खड्का र हेटौंडा–१६ बस्ने २२ वर्षीय अञ्जन खड्कालाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, अञ्जनको साथबाट लागूऔषध ट्रामाडोल ट्याबलेट–१० ट्याबलेट र कुशलको साथबाट करिब २० ग्राम र एनटी सियूपी ट्याबलेट–१ बरामद भएको छ ।

पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।