लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० माघ २३, मंगलवार १६:१८

मोरङ । बिराटनगर महानगरपालिका–१३ बिराटनगर आँखा अस्पताल छेउबाट अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध खैरो हेरोइन करिब ९ ग्राम ९ मिलिग्रामसहित भारत घर भएका २६ वर्षीय सहजात अली समेत २ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।