निर्वाचन आयोगद्वारा उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावली दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोग नेपालले उपनिर्वाचनका लागि मतदाता नामावली दर्ता गर्न आह्वान गरेको छ ।
रिक्त भएका विभिन्न २३ पदमा उपनिर्वाचन गर्ने तयारी गरेको निर्वाचन आयोगले सम्बन्धित स्थानीय तह र निर्वाचन क्षेत्रमा चुनावको मिति तोकिनुअघि नै छुटेका र उमेर पुगेकाले नामावली दर्ता गर्न आह्वान गरेको हो ।
यसअघि २०७९ वैशाख १० गते स्थानीय तह र मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भएको थियो । त्यसबेला निर्वाचित भएका २३ जनाको पद अहिले विभिन्न कारणले रिक्त रहेको छ ।