बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वसई पक्राउ
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक (सई) अनिरुद्र यादव पक्राउ परेका छन् । यादव बलात्कार आरोपमा पक्राउ परेका हुन् ।
आमा घरमा नभएका बेला १७ पुसमा बेलुकी ८ बजेतिर कोठामा आएर बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यादवलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो । पीडितले जाहेरीमा उल्लेख गरेअनुसार, आरोपी यादवले कोठा ढक्ढक्याएर पानी मागेको र त्यसपछि भित्र प्रवेश गरेर आफ्नो कोठामा नफर्की बसेका थिए ।
पक्राउ परेका यादवले १ पुस २०७६ मा प्रहरीबाट राजीनामा दिएका थिए । र, हाल निजी कम्पनीमा सुरक्षागार्डका रुपमा काम गर्दै आएका छन् । उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
