अवैध अमेरिकी डलरसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८० मंसिर १८, सोमबार १५:३१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित आइतबार एक जना पक्राउ परेका छन् ।

रिपब्लिक अफ पोल्याण्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेज रहेका छन् । उनलाई फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै पोल्याण्ड जान लागेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रहरीले उनको साथबाट १ सय दरको १ सय १३ थान, ५० दरको ३८ थान र २० दरको १५ थान गरी जम्मा १३ हजार ५ सय अमेरिकी डलर बरामद गरेको छ ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको जनाएको छ ।