सरकारी छाप दस्तखत किर्तेमा संलग्न ५ जना पक्राउ
मोरङ । सरकारी छाप र दस्तखत किर्ते कसुरमा संलग्न रही फरार रहेका पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा ६५ वर्षीय चेतनलाल राजवंशी, ६२ वर्षीया झरियादेवि राजवंशी, ६३ वर्षीय विष्णु राजवंशी, ६३ वर्षीय पैखन लाल राजवंशी र ६४ वर्षीय कन्हारु लाल केवरत रहेका छन् ।
गत कार्तिक २ गते वारदात घटाई फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले रतुवामाई नगरपालिका–४ झुर्कियाबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरुविरुद्ध रतुवामाई नगरपालिका–३ का वडाध्यक्ष देवीलाल तेजपुरियाले जाहेरी दिएका थिए ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
