आज नेप्सेमा दोहोरो अंकको सुधार, १ अर्व ८ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोकारको चौथो दिन अर्थात बुधबार नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । मंगलबार गिरावट आएको नेप्से बुधबार सुधार आएको हो ।
आज नेप्से परिसूचक २०.६७ प्रतिशतले बढेर १८५०.३३ को विन्दुमा पुगेर रोकिएको थियो । यसअघि मंगलबार नेप्से २३ दशमलव ८२ अंकले गिरावट हुँदा १८२९.६५ को विन्दुमा कायम भएको थियो ।
यस्तै, आज नेप्सेमा सूचीकृत कुल २९४ कम्पनीहरुको ४२ लाख १३ हजार २८५ कित्ता शेयर किनबेच भएको छ भने १ अर्ब ८ करोड ७० लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।
यसअघि मंगलबार नेप्सेमा सूचीकृत २८५ सूचीकृत कम्पनीको ३६ लाख ७५ हजार १ सय १ कित्ता शेयर खरिदबिक्रि हुँदा ९५ करोड ४ लाख रुपैयाँ बराबरको मात्रै शेयर कारोबार भएको थियो ।
आज १२ वटा उपसूचकमा हरियाली छाएको छ भने एकमात्र म्युचुअल फण्ड उपसूचक ०.०३ प्रतिशतले घटेको छ ।