काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ ।
आज नेप्से २३ दशमलव ८२ अंकले गिरावट हुँदा १८२९.६५ को विन्दुमा कायम भएको छ ।
यस्तै, आज २८५ सूचीकृत कम्पनीको ३६ लाख ७५ हजार १ सय १ कित्ता शेयर खरिदबिक्रि भएको भने ९५ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।