आज हेटौंडामा एन्फाको साधारण सभा हुँदै

तु खबर संवाददाता
२०८० कार्तिक २३, बिहीबार ०८:२३
file-photo

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारण सभा आज हेटौंडामा हुँदैछ ।

साधारण सभामा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङमाथि अविश्वासको प्रस्तावमाथि पनि छलफल र मतदान हुने एन्फा केन्द्रिय समिति सदस्य एवम् मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।

उनका अनुसार, साधारण सभाअघि आज नै हेटौंडामा एन्फाको केन्द्रिय समितिको बैठक समेत हुनेछ ।

साधारण सभामा एसियाली फुटबल महासंघ र विश्व फुटबल महासंघका प्रतिनिधिलगायत देशभरका ४८ जिल्ला शाखाका प्रतिनिधिले सहभागिता जनाउनेछन् ।