सोमबार सामान्य अंकले बढ्यो नेप्से

तु खबर संवाददाता
२०८० कार्तिक १३,सोमबार १५:५९

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ३ अंकले बढेर १८८७.७० को विन्दुमा पुगेर रोकिएको हो ।

यस्तै, आज नेप्सेमा सूचीकृत २८७ कम्पनीहरुको २८ लाख २४ हजार ७ कित्ता शेयर किनबेच भएको छ भने ६९ करोड ४२ लाख २२ हजारको कारोबार भएको छ ।

नेप्से सामान्य अंकले बढेसँगै आज १० उपसूचकमा हरियाली छाएको छ । यस्तै, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र होटल तथा पर्यटन उपसूचक भने घटेका छन् ।