सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

तु खबर संवाददाता
२०८० कार्तिक १३, सोमबार १५:५०

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । सोमबार सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, भाउ घटेसँगै आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।