स्रोत नखुलेको १३ लाखसहित भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०८० कार्तिक १३, सोमबार १०:१७

जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरबाट प्रहरीले स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले उक्त रमसहित आइतबार भारत विहारको सितामढी गाढ़ा बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियारलाई पक्राउ गरेको हो ।

जलेश्वर नगरपालिका वडा नं. ७ वखरी चोकस्थित सम्सीबाट जलेश्वरतर्फ आउँदै गरेको ना ३ ख २८७८ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा उनको साथबाट सो परिमाणको रकम बरामद भएको र स्रोत खुलाउन नसकेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।