बुधबार नेप्सेमा हरियाली छायो
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्सेमा हरियाली छाएको छ । धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेसँगै लगानीकर्तामा उत्साह छाउदा नेप्सेमा हरियाली छाएको हो ।
आज नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७ को विन्दुमा कायम भएको छ । यसअघि मंगलबार नेप्से परिसूचक १३.१८ अंकले बढेर १८६४ को विन्दुमा कायम भएको थियो ।
यस्तै, आज नेप्सेमा सूचीकृत २८६ कम्पनीहरुको ३७ लाख ७२ हजार २३ कित्ता शेयर किनबेच हुँदा ९३ करोड ४८ लाख ९४ हजारको कारोबार भएको छ ।
यसअघि मंगलबार नेप्सेमा सूचीकृत २८९ कम्पनीहरुको ३८ लाख १३ हजार २३३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८४ लाख ३७ हजारको कारोबार भएको थियो ।
नेप्सेसँगै आज १३ वटै उपसूचकमा पनि हरियाली छाएको छ ।
