प्रतिनिधि सभा असोज १४ गतेसम्मका लागि स्थगित

तु खबर संवाददाता
२०८० भाद्र २९,शुक्रबार १७:३४
file-photo

काठमाडौं । प्रतिनिधि सभाको बैठक असोज १४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आज बसेको बैठकमा संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले जानकारी गराएका छन् ।

यस्तै, बैठकले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि संवन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको छ ।