पाल्पा पहिरो अपडेट : ३ जनाको मृत्यु

बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा पहिरोले जीप पुर्दा ३ जनाको मृत्यु भएको छ, भने ८ जना घाइते भएका छन् ।
गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडीमाथि पहिरो खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृत्यु हुनेमा एक महिला र २ पुरुष रहेका छन् । उनीहरुको सनाखत हुन बाँकी रहेको छ ।
यस्तै, उक्त घटनामा परेर तीन बच्चासहित ७ जनालाई उद्धार गरिएको छ । घाइते हरुको लुम्बिनी मेडिकल प्रभास पाल्पा उपचार लागि ल्याउँदै गरिएको छ ।