कांग्रेसले बिपी साहित्य महोत्सवको आयोजना गर्ने

तु खबर संवाददाता
२०८० भाद्र ५, मंगलवार १६:१०
file-photo

काठमाडौं । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सवको आयोजना गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले बिपी कोइरालाको जन्म जयन्तीका अवसरमा भदौ २४ देखि २६ गतेसम्म काठमाडौँमा बिपी साहित्य महोत्सवमने आयोजना गर्ने निर्णय गरेको हो । बिपी जन्म जयन्ती भदौ २४ गते रहेको छ ।

यसअघि साउन १० गतेको केन्द्रीय समिति बैठकले पनि बिपी साहित्य महोत्सव बनाउने निर्णय गरेको थियो ।

पदाधिकारी बैठकले समुदायसँग कांग्रेस अभियान स्थगित गरेर बिपी साहित्य महोत्सव कार्यक्रम तय गरेको हो ।