मुख्यमन्त्री थापाले पाए विश्वासको मत

तु खबर संवाददाता
२०८० भाद्र ४, सोमबार १८:१९
file-photo

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री थापाले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई सभाध्यक्ष इस्राइल मन्सुरीसहित ४७ सांसदको समर्थनमा उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

सभाध्यक्ष मन्सुरीले आफ्नो आशनबाटै मुख्यमन्त्री थापालाई मत दिएका हुन् । सभामा उपस्थित कूल सदस्य संख्या ७७ मध्ये थापाको पक्षमा ४७ मत खसेको थियो ।

योसँगै सभाध्यक्षले बराबरी भएमात्रै मत दिन पाउने संविधानको धारा १८६ मा व्यवस्था रहेको छ । संविधानको धारा १८६ को विपरीत सभाध्यक्षले मुख्यमन्त्रीलाई मत दिएका हुन् ।