कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । गत शुक्रबारदेखि जारी संसदीय दलको बैठक आज पनि बैठक बस्न लागेको हो ।
आजको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेपछि बस्ने कार्यसूची रहेको छ । जनजीविकाका विषय, सांसद सुनील शर्मा प्रकाउ र सुन तस्करी प्रकरणबारे छलफल केन्द्रित छ । सुन तस्करी प्ररकणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने बिषयमा छलफल भइरहेको छ ।
आइतबारसम्म ५४ सांसदहरुले आ–आफनो धारणा राखिसकेका छन् । आज बाँकी सदस्यहरुले आज धारणा राख्ने छन् ।
