कांग्रेस संसदीय दलको बैठक बस्दै

तु खबर संवाददाता
२०८० श्रावण २६, शुक्रबार ०८:३३
file-photo

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्न लागेको हो ।

अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयक, नयाँ विधेयकका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

उनका अनुसार बैठकमा आगामी दिनमा संसदमा कांग्रेसको भूमिका र जनजीविकाका मुद्दाबारे छलफल हुनेछ । डेंगू रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार, पशुलम्कीस्किन रोग नियन्त्रणबारेमा सरकारको ध्यानाकर्षण गराइने उनले बताए ।