राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

तु खबर संवाददाता
२०८० श्रावण २६, शुक्रबार ०८:१८
file-photo

काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०१ बजे बस्ने भएको हो ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने कार्यसूची तय भएको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस गर्ने उल्लेख छ ।

नेकपा एमालेले दुवै संघीय संसदमा अवरोध गर्दै आएकोले आजको बैठक कार्यसूची अनुसार सञ्चालन हुनेमा भने आशङ्का कायमै छ ।