रास्वपाले भदौसम्ममा प्रशिक्षण सक्ने

तु खबर संवाददाता
२०८० श्रावण ११, बिहीबार १७:०८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ महिनासम्ममा सात वटै प्रदेशमा प्रशिक्षण कार्य सम्पन्न गरिने भएको छ ।

रास्वपाले कोशी र लुम्बिनी प्रदेशमा भने प्रशिक्षण कार्य सम्पन्न गरिसकेको छ । यस्तै, गण्डकी प्रदेशको प्रशिक्षण साउन २६ र २७ पोखरामा हुने तय भएको छ भने सुदूरपश्चिमको प्रशिक्षण धनगढीमा साउन १९ र २० का लागि तोकिएको छ ।

यस्तै, शुक्रबार र शनिबार ( साउन १२ र १३) हेटौंडामा गर्ने भनिएको प्रशिक्षणको मिति स्थगित गरी गरिएको छ । बागमतीसहित मधेस र कर्णालीको प्रशिक्षण भदौमा गरिने गरि पुन मिति तय हुने प्रशिक्षण विभागका सचिव कमल सुवेदीले जानकारी दिए ।

पहिले निर्धारित समय अनुसार भदौ १ र २ मधेस र भदौ ८ र ९ कर्णालीको प्रशिक्षण गर्ने तय भएको थियो । तिन प्रदेशको प्रशिक्षण भदौमा गर्ने गरि अर्को मिति सार्वजनिक गरिने सुवेदीले जानकारी दिए ।

प्रशिक्षणमा सहभागी हुनेहरुमा प्रदेश कमिटीका सदस्य, निर्वाचन क्षेत्र समिति, पालिकाका पार्टी अध्यक्ष, सम्बन्धित क्षेत्रको सांसद, केन्द्रीय सदस्य लगायत सहभागी हुनेछन् ।