कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहेको छ । गत मंगलबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने भएको हो ।
शनिबारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ ।
आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् । यसअघि धारणा राखेका नेताहरूले पार्टीभित्र गुटगत गतिविधि बढेकोमा चिन्ता प्रकट गरेका थिए ।
