कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आज बस्दै छ । बैठक सोमबार दिउँसो २ बजे बस्ने भएको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पार्टीको केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न पदाधिकार र पूर्व पदाधिकारीको बैठक बस्न लागेको पार्टीका महामन्त्री गगन थापाले जानकारी दिए ।
प्रहरीका अनुसार, उक्त बैठकले साउन २ गते मंगलबार बस्ने केन्द्रीय कार्यासमिति बैठकको एजेण्डा तय गर्नेछन् ।
गत असार २७ मा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको थियो ।
