एमाले सचिवालय बैठक बस्दै

तु खबर संवाददाता
२०८० असार ३०, शनिबार ०८:२५
file-photo

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक च्यासल, ललितपुरस्थित पार्टीको मुख्य कार्यालयमा बस्ने भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसामयिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक संगठन निमार्णका बारेमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

सचिवालय बैठक बस्न अघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक रूपमा छलफल गरेका थिए । उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भइरहेका काम कारबाहीको बारेमा छलफल गरेपछि आज सचिवालय बैठक आह्वान गरिएको हो ।

बैठकले सांगठानिक संरचना, केन्द्रीय नेताहरूको कार्यबिभाजन तथा अन्य विषयमा छलफल गर्नेछ ।